मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

को हुन शेरबहादुर देउवाकी बुहारी बन्न लागेकी युवती

काठमाडौँ— यति वेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको परिवारलाई बिहेले छोपेको छ । छोरा जयवीरको माघमा हुने बिहेको तयारीमा देउवा परिवार लागेको छ । 

उमेरले २८ कटिसकेका जयवीरले गत जेठ १ गते शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका थिए भने माघ २१ मा बिहे हुँदै छ । जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन् भने शिवाना चाहिँ को हुन् ? धेरैलाई जिज्ञासा हुनसक्छ।

 शिवाना सौन्दर्य सामग्री व्यवसायी तथा कभर गायिका हुन ।

उनको पारिवारिक पृष्ठभूमिको कुरा गर्दा उनका हजुरबुबा केदारभक्त श्रेष्ठ पूर्वपरराष्ट्र सचिव हुन भने बुबा सञ्जीवभक्त श्रेष्ठ हुन । उनी श्रेष्ठकी कान्छी छोरी हुन ।

शिवानाका हजुरबुबा केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए ।

केदारभक्त परराष्ट्र सेवामा प्रवेश गरे पनि उनका दाइ इन्द्रभक्त उद्योगपति थिए । इन्द्रभक्तका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष समेत हुन् ।

उनीहरू दुवैको चिनजान पहिले नै भएको पारिवारिक स्रोतले बताएको छ । इन्स्टाग्राममा सक्रिय रहने शिवानाले बेलाबेला दुवैको फोटो राख्ने गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?