मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विजय र रश्मिकाको विवाह अनिश्चित !

काठमाडौँ – अभिनेता विजय देवरकोण्डा र अभिनेत्री रश्मिका मन्दानाबिचको बिहे सर्ने चर्चा सुरु भएको छ ।

लामो समय देखि डेटमा रहेका उनीहरूले यही फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने कुरा चर्चामा छ । यसबारे दुवैले यो विषयमा कुनै प्रतिक्रिया नदिएको अहिलेको अवस्थामा उनीहरू अहिलेकै सम्बन्धमा खुसी रहेको चर्चा चलेको हो । 

समाचारअनुसार विजय र रश्मिका हाल लिभइन रिलेसनमा छन् ।  कार्य व्यस्तता र आफ्नो करियरमा ध्यान दिनुपर्ने भएकाले अहिले इन्गेजमेन्टलाई केही पर सारिएको बताइएको छ । 

दुवैले ‘गीता गोविन्दम’ र ‘डियर कामरेड’मा काम गरेका छन् । उनीहरूको अन स्क्रिन क्यामेष्ट्रीलाई दर्शकले निकै मन पराएका छन् ।

कामको कुरा गर्दा रश्मिका पछिल्लो पटक ब्लकबस्टर फिल्म ‘एनिमल’मा देखिएकी थिइन् । उनले फिल्ममा रणवीर कपूरको अपोजिटमा अभिनय गरेकी थिइन् ।

उनी हाल अल्लू अर्जुनका साथ फिल्म ‘पुष्पा : द रुल’को सुटिङमा व्यस्त छिन् । यसका अलावा उनको हातमा ‘रेनबो’, ‘द गलफ्रेण्ड’ जस्ता फिल्म छन् । यता विजय ‘फेमिली स्टार’ र ‘भीडी १२ मा देखिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?