मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नियमित अदुवा सेवनका यती धेरै फाइदा

हाम्रो घरमा नियमित रूपमा सहजै उपलब्ध हुने मसला हो अदुवा । हामी प्राय जसोले अदुवाको पेस्टलाई तरकारीमा मसलाको रूपमा र चिया बनाउँदा पनि चिया मसलाको रूपमा प्रयोग गर्ने गर्छौ । कतिपय व्यक्तिहरूलाई भने यसको स्वाद मन नपर्ने हुँदा यसलाई भान्छामा राखिँदैन । तर दिनहुँ अदुवाको सेवन गर्दा स्वास्थ्यमा नसोचेको लाभ मिल्ने विज्ञहरू बताउँछन् । 

अदुवामा भिटामिन र मिनरल्स लगायतका पोषक तत्त्व प्रशस्त मात्रामा पाइने हुनाले यसमा धेरै औषधीय विशेषता रहेको छ । यसको सेवनबाट विभिन्न प्रकारका रोगहरू निको हुने उनीहरुकाे भनाई छ । जुन यस प्रकार रहेको छ । 

– अदुवाको नियमित सेवनले वाकवाकी तथा बान्ता हुने समस्याबाट बचाउँछ । 

– महिनावारीको दुखाई कम गर्छ ।

– पाचन प्रक्रिया साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

– शरीर सुन्निने समस्या निर्मूल बनाउँछ । 

– क्यान्सर तथा मुटुरोगीहरूका लागी अदुवाको सेवन निकै फाइदाजनक मानिन्छ । 

– अदुवाको नियमित सेवन गर्नाले घाँटीको सङ्क्रमण हुनबाट बचाउँछ । 

– अदुवाले हाम्रो शरीर भएको टक्सिन हटाएर रगत सफा बनाउँछ । 

– यसको सेवनले तौल घटाउनुका साथै हामीलाई स्वस्थ पनि बनाउँछ । 

– अदुवाले शरीरलाई बलियो बनाउनुका साथै खोकीबाट पनि छुटकारा दिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?