मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जन्मदिनको अवसर पारेर निश्चलले घोषणा गरे एक्सन फिल्म

काठमाडौँ – निर्देशक निश्चल बस्नेतले जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका छन् । 

निश्चलका अनुसार, अब उनले एक्सन फिल्म निर्देशन गर्ने तयारी गरेका छन् । 

सामाजिक सञ्जालमा पोस्ट गरेका उनले  दसैँ अगाडि नै नयाँ एक्सन फिल्म निर्देशन गर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्– ‘ओए निश्चल ! काम राम्रो गर्नु , कोशिस घेरै गर्नु , आफ्नो भलो चिताउनेलाई सधै अंगाल्नु , खेदो मात्र खन्नेलाई कामले देखाईदिनु ……… फर्काएर  !!! परिवारलाई माया गर्नु , शुभचिन्तकहरुलाई दुखी नबनाउनु , साथीहरु नजिक भएपनि टाढा भएपनी साथी हुन, सुखमा संगै नभएपनि दुख पर्दा साथ निभाउनु । यो वर्ष बेहुली From : मेघौली निर्माण गर्नु र दशैं अघी नया Action फिल्म निर्देशन गर्नु ।’

यद्यपि फिल्मको बारेमा निश्चलले अरू केही पनि बताएका छैनन् ।  फिल्म ‘लुट २’पछि ‘दिमाग खराब’को निर्देशन गर्नका लागि ७ वर्ष लगाएका उनको अब नयाँ फिल्म निर्देशनका लागि समय नलगाउने यसले निश्चित भएको छ । 

सफल निर्देशक बस्नेतलाई जन्मदिनको धेरै धेरै शुभकामना । उनको एक्सन यात्रा सफल रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?