काठमाडौँ – निर्देशक निश्चल बस्नेतले जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका छन् ।
निश्चलका अनुसार, अब उनले एक्सन फिल्म निर्देशन गर्ने तयारी गरेका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गरेका उनले दसैँ अगाडि नै नयाँ एक्सन फिल्म निर्देशन गर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्– ‘ओए निश्चल ! काम राम्रो गर्नु , कोशिस घेरै गर्नु , आफ्नो भलो चिताउनेलाई सधै अंगाल्नु , खेदो मात्र खन्नेलाई कामले देखाईदिनु ……… फर्काएर !!! परिवारलाई माया गर्नु , शुभचिन्तकहरुलाई दुखी नबनाउनु , साथीहरु नजिक भएपनि टाढा भएपनी साथी हुन, सुखमा संगै नभएपनि दुख पर्दा साथ निभाउनु । यो वर्ष बेहुली From : मेघौली निर्माण गर्नु र दशैं अघी नया Action फिल्म निर्देशन गर्नु ।’
यद्यपि फिल्मको बारेमा निश्चलले अरू केही पनि बताएका छैनन् । फिल्म ‘लुट २’पछि ‘दिमाग खराब’को निर्देशन गर्नका लागि ७ वर्ष लगाएका उनको अब नयाँ फिल्म निर्देशनका लागि समय नलगाउने यसले निश्चित भएको छ ।
सफल निर्देशक बस्नेतलाई जन्मदिनको धेरै धेरै शुभकामना । उनको एक्सन यात्रा सफल रहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया