मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भुलेर पनि नखानुहोस् खाली पेटमा यी खानेकुरा,हुन्छन् यस्ता समस्या

हामी प्रायजसोकाे बिहान उठ्ने बित्तिकै चिया खाने, कफी खाने, दूध पिउने बानी हुन्छ ।

अझ कतिपय मानिसहरूलाई त बिहान उठ्ने बित्तिकै चिया, कफी भएन भने टाउको दुख्ने समस्या समेत हुन्छ किनकि त्यस्ता व्यक्तिहरूलाई चिया, कफीको लत नै बसेको हुन्छ । 

तर बिहान उठ्नासाथ चिया,कफी र दूध पिउने बानी निकै हानिकारक भएको चिकित्सकहरू बताउँछन् । 

राती सुतेपछि हाम्रो पेटमा पाचन पक्रियाले ढिलो काम गर्ने भएकाले बिहानै खाली पेटमा हाइड्रोलिक एसिड बढी हुन्छ । र यो अवस्थामा केही खानेकुरा खाँदा यो एसिड बढ्ने हुन्छ ।

जस कारण पेटमा अत्यधिक ग्यास, एसिडिटी, ब्लटिङ आदिको समस्या बढ्ने गर्छ । यस कारण आज हामी खालि पेटमा खान नहुने खानेकुराहरूको विषयमा जानकारी गराउन गइरहेका छौ ।

१. दूधको चिया 

खाली पेटमा दूध हालेको चिया पिउनु निकै हानिकारक हुन्छ । अध्ययनका अनुसार खाली पेटमा चिया पिउँदा एसिडिटी बढ्ने, र क्यान्सर जस्ता प्राणघातक रोग लाग्ने सम्भावना रहन्छ । साथै धरै चिया पिउँदा उमेर पनि कम हुँदै जाने अध्ययनमा उल्लेख छ । 

२. कफी

पछिल्लो समय अधिकांश मानिसहरूले आफ्नो दिन कफी पिएर सुरु गर्ने गर्छन् । जुन बिलकुल गलत बानी हो । कफीमा प्रशस्त मात्रामा क्याफिन हुन्छ । कफी पिएपछि पेटमा अत्यधिक मात्रामा हाइड्रोक्लोरिक एसिड बन्न थाल्छ । खाली पेटमा उसै पनी हाइड्रोक्लोरिक एसिडको मात्रा बढी हुन्छ । यस कारण कफीले ग्यास र एसिडिटीलाई बढाउँछ र ग्यास्ट्रिकको समस्या बढाउन सक्छ । 

३.कोल्ड ड्रिङ्क

बिहान खाली पेटमा कोल्ड ड्रिङ्क्सको सेवन गर्दा पनि स्वास्थ्यमा नराम्रो असर पर्दछ । सामान्यतया टमा कोल्ड ड्रिङ्क्सले पेटको ग्यास वा एसिडिटी कम हुन्छ भनेर धेरैले सोच्ने गर्छन् तर वास्तवमा यी पेय पदार्थले ग्यासको समस्या बढाउँछ । 

४. सुन्तला र अङ्गुर जस्ता फलफूल नखाने 

हाम्रो बुझाई के छ भने बिहान फलफूल खानु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ । तर कतिपय फलफूलहरू खाली पेटमा खानु हानिकारक हुन्छ । बिहानै सुन्तला, अङ्गुर जस्ता फलफूलको सेवनले  ग्यास र एसिडलाई बढाउँछ । जस कारण पेट फुल्ने र दिनभर असहज हुने गर्छ ।

५.मसालेदार खानेकुरा 

बिहान खाली पेटमा मसालेदार खानेकुराको सेवन गर्नु हुँदैन । मसालेदार खानाले पेट फुलाउनुका साथै आन्द्रामा घाउ बनाउँछ । साथै मसालेदार खानाले ग्यास र एसिडिटिलाई पनि बढाउँछ । यस कारण बिहान सकेसम्म मसालेदार खाना खाने गर्नु हुँदैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?