मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोबाइलबाटै कसरी पठाउने हस्ताक्षरसहितको डकुमेन्ट ?

काठमाडाैँ – स्मार्टफोन हाम्रो जीवनको महत्त्वपूर्ण पाटो बन्दा हाम्रा धेरै डकुमेन्ट पनि यसैमा राख्ने गर्छौ ।

जसले ‘हार्ड कपि’ बोकेर हिँड्ने झन्झट कम मात्र नभएर चाहिएको वेला अरूलाई पठाउन सजिलो समेत भइरहेको हुन्छ ।

तर यस्ता डकुमेन्ट डिजिटल हस्ताक्षर सहित पठाउनुपर्‍यो भने के गर्ने भन्ने धेरैलाई थाहा छैन । 

फोनमा हस्ताक्षर गर्न धेरै तरिका छन् । जहाँ एन्ड्रोइड स्मार्टफोन र आईफोनमा सिग्नेचर गर्ने विधि फरक हुन सक्छ ।

आज यसै विषयमा जानकारी दिने छौँ । 

आईफोनमा कसरी गर्ने ?

यसका लागि तपाईँले आईफोनमा ‘नोट्स’ को प्रयोग गर्न सक्नुहुन्छ । यसमा आफ्नो फोनमा कुनै पनि कागजात वा फोटोमा हस्ताक्षर गर्न प्रयोग गर्न सक्ने गरी एप्पल नोट्स एपमा ‘बिल्ट–इन सिग्नेचर’ टूल छ ।  

त्यसैले पहिले एप्पल ‘नोट्स’ एप खोल्नुहोस् । अब तपाईँले हस्ताक्षर गर्न चाहनुभएको कागजात वा फोटोमा ‘ट्याप’ गर्नुहोस् ।

दायाँ कुनामा रहेको ‘मार्कअप’ विकल्पमा ट्याप गर्नुहोस् । अब ‘सिग्नेचर’ टूलमा ट्याप गर्नुहोस् । स्क्रिनमा आफ्नो हस्ताक्षर कोर्नुहोस् । हस्ताक्षरलाई अन्तिम रूप दिन ‘डन’ मा ट्याप गर्नुहोस् ।

एन्ड्रोइड फोनमा कसरी गर्ने ?

यसमा बिल्ट–इन हस्ताक्षर पनि टूल  छ । यसका अलावा एडोब एक्रोब्याट रिडर एप एक लोकप्रिय पीडिएफ डकुमेन्ट रिडर सिस्टम हो । 

अब एडोब एक्रोब्याट रिडर एप खोल्नुहोस् । हस्ताक्षर गर्न चाहनुभएको पीडीएफ कागजातमा ट्याप गर्नुहोस् ।

स्क्रिनको दायाँ छेउमा रहेको ‘कमेन्ट’ मा ट्याप गर्नुहोस् ।

अब ‘साइन’ विकल्पमा ट्याप गर्नुहोस् । यसपश्चात् फोन स्क्रिनमा आफ्नो हस्ताक्षर सिर्जना गर्नुहोस् । हस्ताक्षर सेट गरेपछि, डन’ मा ट्याप गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?