मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोह हुँदा मौरिससका मन्दिरमा दियो बालिने

नयाँ दिल्ली । भारतको अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहबीच मौरिसियन समुदायले पनि दियो बाल्ने भएका छन् । भारतका लागि मौरिससको उच्च आयुक्त हायमनदोयल दिलमले राम मन्दिरको प्राण प्रतिष्ठा समारोहबीच आफ्नो समुदायले पनि दियो बाल्ने घोषणा गरेका हुन् ।

अयोध्यामा आगामी जनवरी २२ मा राम मन्दिरको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ । उनले अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठाको विषय आफ्नो मुलुकका जनताको अध्यात्मसँग पनि जोडिएको उच्च आयुक्त दिलमले बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा मौरिससका मन्दिरमा दियो बालिनेछ । त्यसैगरी, सो अवसरमा मौरिससका जनताले रामायण पनि पाठ गर्ने तय भएको दिलमको भनाइ छ ।

हिन्द महासगरमा अवस्थित टापु राष्ट्र मौरिससमा आधा जनसङ्ख्याले हिन्दू धर्म मान्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?