मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्मफेयर अवार्डमा ‘एनिमल’ सर्वाधिक १९ विधामा मनोनयन

काठमाडौं – भारतको ६९ औं फिल्मफेयर अवार्ड-२०२४ का लागि मनोनयन घोषणा गरिएको छ । निर्देशक करण जोहर, जान्हवी कपुर र वरुण धवनले मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा मनोनयन घोषणा गरेका हुन् ।

आश्चर्य यो हो कि शाहरुख खानले उत्कृष्ट अभिनेताको लागि दुईवटा मनोनयन प्राप्त गरेका छन् । एउटा फिल्म ‘जवान’ र अर्को ‘डंकी’का लागि उनी मनोनित भएका हुन् । रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ यो वर्ष सबैभन्दा बढी १९ विधामा मनोनयन भएको छ । विक्रान्त मेसी अभिनित फिल्म ‘ट्वेल्थ फेल’ले पनि केही प्रमुख विधामा मनोनयन प्राप्त गरेको छ ।

सर्वश्रेष्ठ फिल्मको विधामा ‘ट्वेल्थ फेल, एनिमल, जवान, ओएमजी २, पठान र रकी और रानीकी प्रेम कहानी मनोनित छन् । सर्वश्रेष्ठ निर्देशकमा ओएमजी २ बाट अमित राय, एटली ‘जवान’, करण जोहर ‘रकी और रानीकी प्रेम कहानी’, सन्दीप रेड्डी वांगा ९एनिमल०, सिद्धार्थ आनन्द ‘पठान’ र विधुविनोद चोपडा ‘ट्वेल्थ फेल’ छन् ।

सर्वश्रेष्ठ क्रिटिक फिल्ममा ट्वेल्थ फेल, भीड, फराज, जोरम, सामबहादुर, थ्री अफ अस, ज्वीगाटो छन् । सर्वश्रेष्ठ अभिनेतातर्फ रणवीर कपुर ‘एनिमल’, रणवीर सिंह ‘रकी और रानीकी प्रेम कहानी’, शाहरुख खान ‘डंकी र जवान’, सनी देओल ‘गदर-२’, विक्की कौशल ‘सामबहादुर’ छन् ।

सर्वश्रेष्ठ अभिनेत्रीतर्फ आलिया भट्ट ‘रकी और रानीकी प्रेम कहानी’, भूमि पेड्नेकर ‘थ्यांक्यु फर कमिङ’, दीपिका पादुकोण ‘पठान’, कियारा आडवाणी ‘सत्यप्रेमकी कथा’, रानी मुखर्जी ‘मिसेज चटर्जी अफ नर्वे’ र तापसी पन्नु ‘डंकी’ छन् ।

फिल्मफेयर अवार्ड आगामी जनवरी २८ मा गुजरातको गान्धीनगरमा आयोजना हुँदैछ । यसलाई बलिउड फिल्मको सबैभन्दा ठूलो अवार्ड मानिन्छ । २७ जनवरीमा प्राविधिक अवार्ड समारोह आयोजना गरिनेछ, जसको होस्ट आयुष्मान खुरानाले गर्नेछन् ।

२८ जनवरीमा हुने मुख्य कार्यक्रम आयुष्मानसँगै करण जोहर र मनिष पलले होस्ट गर्नेछन् । यस वर्ष रणवीर कपुर, कार्तिक आर्यन, सारा अली खान, वरुण धवन, जान्हवी कपुर र करीना कपुरले समारोहमा प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?