मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रामायणमा कुम्भकर्णको भूमिका खेल्न बबी देओललाई अफर

काठमाडौं – एनिमलको सफलता पछिको खबरहरूका अनुसार निर्देशक नितेश तिवारीको मेगा प्रोजेक्ट रामायणमा खेल्नको लागि बबी देओललाई प्रस्ताव गरिएको छ । उनलाई कुम्भकर्णको भूमिका अफर भएको बताइएको छ ।

ईटाइम्सले छापेको खबरका अनुसार फिल्ममा बबीको कास्टिङको अफवाह चलेपछि अभिनेताको टिमसँग कुराकानी भएको थियो । बबीको टिमले एक्टरले कुम्भकर्णको भूमिका पाएको खबरलाई गलत भनेको बताइएको छ । बबी नितेशको रामायणसँग आबद्ध नरहेको उनीहरूको भनाई थियो ।

खबरका अनुसार रानी कैकेयीको भूमिकाका लागि भने लारा दत्तको नाम फाइनल गरिएको छ । रामायणमा कैकयी राजा दशरथकी तेस्रो पत्नी हुन् । बबीका दाजु सनी देओल पनि यो प्रोजेक्टको हिस्सा हुने अनुमान चलिरहेको छ ।

चर्चाका कारण उनलाई हनुमानको भूमिका अफर भएको छ । नितेश तिवारीको रामायणमा रामको भूमिकामा रणवीर कपूर देखिनेछन् । दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सिता बन्नेछिन् । फिल्ममा साउथ अभिनेता यश रावण बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?