मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लुम्बिनीमाथि कर्णाली ६० रनले विजयी

काठमाडौं । कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि शानदार जित हासिल गरेको छ । बुधबार भैरहवामा सम्पन्न जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गरेको हो ।

कर्णालीले दिएको १८५ रनको लक्ष्य पछाएको लुम्बिनीले ४१.२ ओभरमा अल आउट हुदै केवल १२४ रन मात्र बनाएको थियो ।यस अघि पहिला ब्याटिंग गरेको कर्णालीले ४५ ओभरमा ९ विकेट गुमाउदै १८४ रन बनाएको थियो । मौसम खराब हुदा यो खेल ४५-४५ ओभरमा खेलाइएको थियो ।

यो जितपछि कर्णाली प्रदेशले आफ्नो ३ खेलमा दोस्रो जित हासिल गरेको छ । ३ खेलमा ४ अंकसहित अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै लुम्बिनी प्रदेशले भने आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।

अब कर्णाली प्रदेशले आगामी शनिबार टियु मैदानमा मधेश प्रदेशविरुद्ध खेल्ने छ । त्यस्तै लुम्बिनी प्रदेशले अब अर्को खेल आगामी बुधबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?