काठमाडौं – अभिनेता राजेश हमाल अमेरिका उडेका छन् । मंगलबार बेलुका हमाल र अर्का हास्य कलाकार जितु नेपाल एकै साथ अमेरिका उडेका हुन् । स्रोतका अनुसार उनीहरु एउटा टिभी सो कार्यक्रमको तयारीका लागी अमेरिका उडेका हुन् ।
अभिनेता हमालले अमेरिकी डायस्पोरामा सफल कहलिएका नेपालीसँग छलफल चलाएर यसलाई टेलिभिजन शो वा डकुमेन्ट्रीको आकार दिने बताइएको छ ।
अभिनेता हमालले यसअघि नै टिभी शो ल्याउने र विदेशमा बसोबास गर्ने नेपालीको ‘सक्सेस स्टोरी’ त्यहाँ समेट्ने बताएका थिए । यस पटक त्यहा रहेका नेपालीहरुसँग छलफल गर्ने बताइएको छ ।
नेपाली कलाकारको कुरा गर्ने हो भने पछिल्लो समय विदेश यात्राका कार्यक्रममा विदेश दौडाहाको चटारोर्म देखिन्छन् । यसमा अभिनेता हमालका लागि विदेश पानीपँधेरोजस्तै देखिन्छ । उनी महिना दिन बिराएर विदेश घुम्न निस्किरहन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया