मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लाल सलाममा एक्शन मोडमा फर्किदै रजनीकान्त

काठमाडौं । सन् २०२३ मा साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ ले हलचल मच्चाएको थियो । रजनीकान्तको यो फिल्मले विश्वभर ६०० करोडभन्दा बढी कमाई गरेर थिएटरलाई हल्लायो। सुपरस्टार रजनीकान्तको यो फिल्म साउथले मात्र नभई उत्तर भारतीय फ्यानहरुले पनि मन पराए ।

‘जेलर’को बम्पर सफलतापछि अहिले निर्माता पक्ष फिल्मको सिक्वेलको तयारीमा जुटेका छन् । तमिल सुपरस्टार रजनीकान्तले यस फिल्मको सिक्वेलका लागि निर्देशक नेल्सन दिलीपकुमारसँग फेरि हात मिलाएका छन् । यही कारणले गर्दा साउथ सिने जगतमा थलाइवाको १७२ औँ फिल्म ‘जेलर २’ बन्ने चर्चा छ ।

रजनीकान्त बलिउडका मेगास्टार अमिताभ बच्चनभन्दा कम छैनन् । रजनीकान्त ७२ वर्षका छन् । यति हुँदाहुँदै पनि उनले दर्शकलाई ब्याक टू ब्याक हिट फिल्म दिइरहेका छन् ।

रजनीकान्तको पछिल्लो रिलिज फिल्म ‘जेलर’ ब्लकबस्टर भएको थियो । यसअघि पनि उनको फिल्म ‘अन्नते’ लाई दर्शकले न्यानो स्वागत गरेका थिए । अब छिट्टै रजनीकान्त आफ्नी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशनमा बन्ने फिल्म ‘लाल सलाम’ मा देखिनेछन् ।

यसबाहेक उनले ‘विक्रम’ स्टार लोकेश कनागराजसँग अर्को फिल्म साइन गरेका छन् । यो चलचित्रलाई अहिले थलाइवा १७१ भनिन्छ । किनभने यो रजनीकान्तको करियरको १७१ औँ फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?