मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौंमा दुईजना मृत अवस्थामा फेला

काठमाडौं – काठमाडौंमा दुई जनाको शव फेला परेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा एक जनाको शव फेला परेको छ।

ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका-१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ ओम चोक सैलुङगेश्वरी गेष्ट हाउसनजिक बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। दुबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?