मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

 ‘मायाका रङ्गहरू’मा जोडिए सुनिल थापा र बुद्धि तामाङ 

काठमाडौँ –  फिल्म   ‘मायाका रङ्गहरू’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भएका छन् ।  इन्डो नेपाली यो फिल्ममा अभिनेता पल शाह र कुन्दन भारद्धाजको मुख्य भूमिका रहने छ । 

फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ,मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय भूमिका रहेको यो फिल्मको छायाङ्कन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौँमा गरिने छ ।

फिल्मका प्रस्तुतकर्ता पुनम तामाङ र निर्माता आरबी थाङदेन हुन् । त्यस्तै सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्म फागुनबाट फ्लोरमा जाने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?