काठमाडौँ – फिल्म ‘मायाका रङ्गहरू’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भएका छन् । इन्डो नेपाली यो फिल्ममा अभिनेता पल शाह र कुन्दन भारद्धाजको मुख्य भूमिका रहने छ ।
फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ,मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।
केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय भूमिका रहेको यो फिल्मको छायाङ्कन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौँमा गरिने छ ।
फिल्मका प्रस्तुतकर्ता पुनम तामाङ र निर्माता आरबी थाङदेन हुन् । त्यस्तै सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् ।
प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्म फागुनबाट फ्लोरमा जाने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया