मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के कारणले बढ्छ मोटोपन ? कसरी कम गर्ने ?

काठमाडौँ— मोटोपन एक स्वास्थ्य समस्या हो । जुन समस्या शरीरमा धेरै बोसो जम्मा भएर उत्पन्न हुने गर्दछ । 

मोटोपनाले मुटुको रोगहरू, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल समस्या, कलेजोको रोग, स्लिप एप्निया लगायतका स्वास्थ्य समस्या तथा जोखिमहरू बढाउन सक्छ ।  

 यद्यपि स्वास्थ्यकर खानपान, बढी शारीरिक सक्रियता र व्यवहार परिवर्तनले व्यक्तिलाई तौल घटाउन सकिन्छ । त्यस्तै डाक्टरको निगरानीमा औषधि सेवन र तौल घटाउने उपचारहरू गरेर पनि केही तरिकाद्वारा तौल घटाउन सकिन्छ ।

सामान्यतया वंशाणुगत कारण तथा दैनिक रूपमा प्रयोग गर्नुहुने क्यालोरी भन्दा बढी क्यालोरी शरीरमा गएमा मोटोपना  बढ्न  सक्छ ।

तापनि मोटोपन हुनमा थुप्रै सहायक कारणहरू पनि हुन्छन् जसमध्ये यहाँ हामीले केही कारणहरू उल्लेख गरेका छौ । 

के–के हुन त मोटोपना बढ्नुका कारणहरू ?

– मोटोपन परिवारमा एक पुस्ताबाट अर्को पुस्तामा सर्ने गर्दछ । त्यस कारण जीवांशको या जिनको कारणले पनि मोटोपना उत्पन्न हुने गर्दछ । 

– अस्वस्थकर खानपान अर्थात धेरै क्यालोरी हुने खानेकुरा तथा पेयपदार्थहरु जस्तै  अल्कोहल, चिनीयुक्त कोल्डड्रिङ्कहरू ले पनि तौल बढ्न सहायता गर्न सक्छ ।

– कुनै अवस्थामा मानिसको मोटोपन चिकित्सकीय कारणसँग पनि सम्बन्धित हुन्छ जस्तै केही औषधीहरूको सेवनले समेत तपाईँको तौल बढाउन सक्छ ।

– मोटोपन बढ्नुमा उमेरले पनि प्रभाव परेको हुन्छ । उमेर बढ्दै जाँदा हर्मोनको परिवर्तन र शारीरिक निष्क्रियताले गर्दा तौल बढ्ने जोखिम रहन्छ। 

– यस्तै महिलाहरुलाई गर्भावस्थामा तौल बढ्न सक्छ, जसलाई हामी सामान्य रूपमा लिन्छौ तर केही महिलाहरूलाई बच्चा पैदा भइसके पछि पनि यो बढेको तौल घटाउन गाह्रो हुन्छ । 

– धूम्रपान गरिरहनुभएका व्यक्तिले एक्कासि धूम्रपान छोड्दा समेत पनि तौल बढ्न सक्छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?