मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सकियो ‘ह्रस्व दीर्घ’को छायाङ्कन 

काठमाडौँ –  निता ढुङ्गाना निर्माता रहेको फिल्म ‘ह्रस्व दीर्घ’को छायाङ्कन सकिएको छ ।

अभिनेत्री तथा निर्माता निता ढुङ्गानाले फिल्मको सुटिङ सकिएको सामाजिक सञ्जाल मार्फत जानकार दिएकी छन् । उनले फिल्म युनिटको एक तस्बिर पोस्ट गर्दै फिल्म प्याकअप भनेर लेखेकी छन् ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्मको छायाङ्कन दुई चरणमा भएको छ । पहिलो चरणको छायाङ्कन भारतमा भएको थियो भने दोस्रो चरणको नवलपरासी, चितवनमा गरिएको छ । छायाङ्कन सुरु भएको लामो समयपछि फिल्म सकिएको हो । 

यसै फिल्म मार्फत अभिनेत्री बिपना थापा करिब १३ वर्षपछि अभिनयमा फर्किएकी छन् ।

फिल्ममा बिपनाको अलावा निता ढुंगाना, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, सरोज खनालको अभिनय छ । साउथ कलाकार प्रदीप रावतको समेत अभिनय फिल्ममा देख्न सकिन्छ ।

ढुङ्गानाको फिल्म कम्पनी निता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण भएको ‘ह्रस्व दीर्घ’ हलसँगै ओटीटी प्लेटफर्ममा पनि रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?