मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडमा २०२४ : यी स्टारकिडले गर्दैछन् ‘डेब्यू’

काठमाडाैँ – बलिउडमा चरम नातावाद भएको भन्दै वेला वेला बहस हुने गरेको छ ।

जहाँ निर्माता अभिनेता तथा निर्देशकले आफ्ना सन्तानलाई मात्रै प्राथमिकता दिने गरेको आरोप लाग्दै आएको ।

यहि कारण कोही नभएकालाई फिल्म उद्योगमा बाच्नै गाह्रो भएको दाबीका बिच ‘स्टारकिड’हरु फिल्म आउने क्रम जारी नै छ ।

सन् २०२३ कै कुरा गर्दा पनि सुहाना खान,खुशी कपुर,अलिजेह अग्निहोत्री,राजवीर देओल जस्ता ‘स्टारकिड’ले बलिउडमा ‘डेब्यु’ गरे ।

अझ करण जौहर जस्ता निर्देशकको काम नै यस्ता ‘स्टारकिड’लाई ‘डेब्यु’ गराउने व्यक्ति कै रूपमा चिनिन्छ । यसै सन्दर्भमा सन् २०२४ मा कुन कुन ‘स्टारकिड’ फिल्मी यात्रा सुरु गर्दै छन् त ?

राशा थदानी

यो सूचिको पहिलो नाम हो रविना टण्डनकी छोरी राशा थदानीको । उनी आफ्नो डेब्यु अघि नै ‘स्टार’ बनिसकेकी छन् ।

सामाजिक सन्जालमा उनका लाखौँ ‘फलोवर’ छन् । आफ्ना फ्यानको चर्चाको केन्द्रमा रहेकी उनी दक्षिण भारतीय फिल्मबाट ‘डेब्यु’ गर्न लागेको बताइएको छ ।


शनाया कपुर

यो वर्ष फिल्मी यात्राको तयारीमा रहेकी अर्की ‘स्टारकिड’ हुन सञ्जय कपुरकी छोरी शनाया कपुर ।

उनी आफ्नो ‘हट लुक्स’का कारण सधैँ चर्चामा रहन्छिन् । उनले पनि दक्षिण भारतीय फिल्मबाटै ‘डेब्यु’ गर्ने छिन् ।

शनाया मोहनलाल फिल्म ‘वृषभा’ मा देखिनेछिन् । जुन अन्य धेरै भाषामा पनि ‘डब’ गरिने छ ।

पशमिना रोशन

ऋतिक रोशनकी भतिजी पशमिना रोशन पनि यो वर्षबाट फिल्मी यात्राको तयारीमा छिन् ।

उनी शाहिद कपुरको फिल्म ‘इश्क–विश्क’ को रिमेकबाट ‘डेब्यु’ गर्नेछिन् । यो २००३ मा प्रदर्शनमा आएको ‘रोमान्टिक’ फिल्म हो ।

इब्राहिम अली खान

अर्का ‘स्टारकिड’ इब्राहिम अली खान पनि यसै वर्षबाट फिल्ममा आउँदै छन् ।

सैफ अली खानका छोरा इब्राहिम करण जौहरको फिल्म ‘सरजमिन’बाट ‘डेब्यु’ गर्ने छन् । यद्यपि यसको अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन ।

यहीबिचमा चंकी पाण्डेकी छोरा अहान पाण्डेले पनि यसै वर्षबाट ‘डेब्यु’ गर्ने चर्चा छ । उनी यशराजको फिल्ममा देखिने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?