मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन टाइपिङ सिक्न चाहनेका लागि उपयोगी वेबसाइट

काठमाडौँ – अहिलेको डिजिटल युगमा टाइपिङ सीप अपरिहार्य जस्तै भएको छ । जसरी हिजोका दिनमा कपि कलम जति आवश्यक थियो आज टाइपिङ त्यस्तै हुन थालेको छ ।

तर तपाईँलाई टाइपिङ आउँदैन भने पनि चिन्ता लिन पर्दैन । टाइपिङ सिकाउन अहिले विभिन्न सफ्टवेयर तथा अनलाइनमा टुलहरू उपलब्ध छन् । त्यसका लागि कम्प्युटरमा टाइपिङ सिक्नका लागि  टाइपिङ क्लब , टाइपिङ डटकम, निट्रोटाइप, रेटाटाइप, क्येबर डटकम जस्ता वेबसाइटहरू उपलब्ध छन् ।

आउनुहोस् हामी यो सामग्रीमा टाइपिङ (typing.com) डटकम बारे जानौँ 

टाइपिङ डटकम तपाईँ आफ्नो टाइपिङ जिरो लेभलबाट सुरु गर्न चाहनुहुन्छ हुन्छ र आफू टाइपिङमा दक्ष, परिपक्व बन्न चाहनुहुन्छ एकदमै उपयोगी वेबसाइट हो ।

यसको प्रयोग गर्नका लागि सुरुमा कुनै पनि ब्राउजर खोल्नुहोस् र typing.com मा गई साइन अप गर्नुहोस् । 

अब त्यहाँ तपाईँले बिगिनर, इन्टरमिडियट वा एडभान्स आफ्नो क्षमता अनुसार सेलेक्ट गरी स्टार्टमा क्लिक गरी भिडियो हेर्दै टाइपिङ अभ्यास गर्न सक्नुहुनेछ ।

मुख्यतः यहाँ ‘कि’ हरुलाई विभिन्न भागमा विभाजन गरी अभ्यास गराइने छ र सिकाइलाई मनोरञ्जनपूर्ण बनाउन यहाँ भिडियो गेमहरू र आकर्षक भिडियोहरू पनि समावेश गरिएको छ ।

यसको प्रिमियम भर्सन पनि उपलब्ध छ । तपाईँले आफ्नो इच्छा अनुसार प्रयोग गर्न सक्नुहुने छ ।

तपाईँलाई किताब पढ्दै टाइपिङ सिक्न पनि मन छ भने टाइपलिट (TypeLit)  नामक वेबसाइट निकै पनि उपयोगी हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?