मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा विकास राई पक्राउ

काठमाडौं । प्रहरीले चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका घर भई हाल काठमाडौंको बुढानिलकण्ठ स्थित हात्तिगौँडा बस्ने ३९ वर्षीय विकास राई रहेको प्रहरीले जनाएको छ ।

राईले दिवान गिरी समेतलाई वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ र चेक रिपब्लिक पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख ८० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी १ लाख ८० हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राईको खोजतलास गर्ने क्रममा बिहीबार कलंकीबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?