मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बहुउपयोगी बिरेनुन स्वास्थ्यका लागि फाइदाजनक

काठमाडौं । हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले, यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ रहन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ ।

यसको सट्टा प्राकृतिक बिरेनुन प्रयोग गर्दा राम्रो हुन्छ । उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर बिरेनुन तयार पारिएको हुन्छ । यसले विभिन्न स्वास्थ्य समस्यालाई नियन्त्रण गर्नेसमेत काम गर्छ ।

हुन त नुनलाई स्वास्थ्यका लागि त्यति फाइदाजनक त मानिँदैन । तर बिरेनुनको सेवन गर्न सकेमा स्वास्थ्यका लागि फाइदाजनक हुनसक्छ । बिरेनुनमा कयौं प्रकारका पोषकतत्वहरु हुने गर्दछ । यसमा सोडियम क्लोराइड, सल्फेट, सल्फाइड, म्याग्नेसियम, क्याल्सियम तथा आइरनजस्ता महत्वपूर्ण पोषकतत्व हुने गर्दछ ।

जानौं स्वास्थ्यका लागि बिरे नुनका केही फाइदाहरु :

तौल घटाउन : बिरेनुनमा एन्टीब्याक्टेरियल गुण हुने गर्दछ । यसले शरीरमा विषाणु तथा फ्री रेडिकल्सहरुलाई नियन्त्रण गर्न मद्दत गर्दछ । साथसाथै यसले पाचनको सुधार गर्दै शरीरको कोषहरुमा पोषण पु¥याउन मद्दत गर्दछ । यसरी नै यसको सेवनले मोटोपन नियन्त्रण गर्ने काम गर्दछ ।

कब्जियत : बिरेनुनमा हुने औषधीय गुणले कब्जियतको समस्याबाट राहत दिलाउँछ । सानो आन्द्राको शोषण प्रक्रियालाई राम्रो बनाउन बिरेनुनले मद्दत गर्दछ । साथसाथै पेटसँग सम्बन्धित विभिन्न समस्यामा पनि यसले राहत प्रदान गर्दछ ।

मांसपेशी बलियो : बिरेनुनमा हुने पोटासियमले शरीरको मांसपेशी बलियो बनाउन मद्दत गर्दछ ।

हृदयको स्वास्थ्य : रगत गाडा भएको अवस्थामा बिरेनुनको सेवनले पातलो बनाउन सकिन्छ । यसको सेवनले कोलेस्ट्रोलसँग सम्बन्धित रोगहरुको खतरा कम गर्न पनि मद्दत गर्दछ ।

मानसिक स्वास्थ्य : बिरेनुनमा हुने खनिज तत्वले तनाव सिर्जना गर्ने हर्मोनहरु कोर्टिसोल र एड्रेनालाइन कम गर्न मद्दत गर्दछ । जसले गर्दा राम्रो निद्रा लाग्ने गर्दछ र मानसिक स्वास्थ्य राम्रो हुन्छ ।

रक्तचाप नियन्त्रण : बिरेनुनले रगत पातलो बनाई शरीरलाई आराम दिन्छ । उच्च कोलेस्ट्रोल र रक्तचाप नियन्त्रण गर्न यसले राम्रो भूमिका खेल्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?