मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोरियन भाषा परीक्षा सर्‍यो

काठमाडौं – रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो ।

ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा हुने गरी परीक्षा सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

‘प्राविधिक समस्याका कारण केही ई-मेलमा समस्या आएकोले केही समय सारिएको हो । अहिलेसम्म आवेदन दिएका १ लाख ६४ हजार जनाको विवरण भेरीफाई गर्न समय लाग्ने भएकाले समय सारिएको हो,’ उनले भने ।

कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?