मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अगस्त्यमा नाजिरको ५ फरक गेटअप

काठमाडौं । फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्यः च्याप्टर १’को फस्टलुकले निकै चर्चा पायो । नायक सौगात मल्लको दुई फरक गेटअपको पोष्टरले निकै चर्चा पाएपछि फिल्मको हाइप पनि ह्वात्तै बढेको छ ।

अब, यो फिल्मको निर्माणपक्षले नायक नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ ।सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ । नाजिरले फिल्ममा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए ।

नाजिरको गेटअप हेर्दा पनि उनले फिल्मका लागि निकै मिहिनेत गरेको देखिन्छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, नाजिरले यो फिल्मका लागि २० केजी तौल बढाएका थिए । सार्वजनिक पोष्टरमा नाजिरको फिल्ममा सुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।

फिल्ममा नाजिरलाई ‘निसान’ पात्रको भूमिकामा देख्न सकिन्छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने आँकलन भइरहेको छ । कतिपय फिल्मीकर्मीले ‘अगस्त्य’ नेपाली फिल्मका लागि ट्रेन्ड सेटर बन्ने विश्लेषण समेत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?