मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के छन् जाडोमा च्यवनप्राश सेवन गर्नुका फाइदा ?

काठमाडौं । च्यवनप्राश सबै उमेर समूहका मानिसका लागि पोषणयुक्त मानिन्छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन च्यवनप्राशले मद्दत गर्ने आयुर्वेदले बताउँछ ।

अहिले बजारमा बहुराष्ट्रिय कम्पनी डाबर, पतञ्जलि, मुल्तानी, जाभा लगायत कम्पनीहरूले च्यवनप्राश उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । ती कम्पनीमध्ये विभिन्न जडीबुटी, घिउ, तिलको तेल र मह मिश्रण गरेर बनाइने डाबर च्यवनप्राश यसमा अग्रणी मानिन्छ ।

च्यवनप्राश एक पौष्टिक जाम हो, जसले हाम्रो स्वास्थ्यलाई स्वस्थ र तन्दुरुस्त बनाउन भूमिका खेल्छ । च्यवनप्राशले मांसपेशी बलियो, कलिलो र रिष्टपुष्ट बनाउनको लागि सहयोग गर्छ ।

च्यवनप्राशको सेवन गरे छाला नरम र चम्किलो हुन्छ । बढ्दो उमेरसँगै देखिने बुढ्यौलीलाई कम देखाउन पनि च्यवनप्राशको सेवन गरे लाभदायक हुन्छ । यस्तै स्मरणशक्ति बढाउन र पाचन प्रणालीमा पनि च्यवनप्राश फाइदाजनक मानिएको छ ।

कसरी खाने च्यवनप्राश ?

च्यवनप्राशको कुनै खास समयमा भन्दा पनि जहिलेसुकै सेवन गर्न सकिन्छ । अझ जाडो मौमसमा यसको सेवन गर्दा शरीरलाई थप फाइदा गर्छ । च्यवनप्राशलाई सिधै पनि खान सकिन्छ, तर तातो दूध वा तातो पानीसँग खाँदा अझ उपयोगी हुन्छ ।

वयस्कका लागि एक चम्चा दिनमा दुई पटक प्रयोग गर्ने, बिहान खाली पेटमा एक चम्चा, नास्ता गर्नुअघि र बेलुकाको खानाको ३० मिनेटअघि एक चम्चा खान सकिन्छ । ३ देखि १२ वर्षका बच्चाको लागि दैनिक दुइर्पटक आधा चम्चा खुवाउनुपर्छ ।

च्यवनप्रास सधैं बिहान सेवन गर्नु पर्ने विज्ञहरु बताउँछन् । बिहानको खाजा पछि च्यवनप्रास खान सकिन्छ । च्यवनप्रास राती कहिल्यै खानु हुँदैन। राति च्यवनप्रासको सेवन गर्दा अपच, पेट फुल्ने, पेट फुल्ने, दिसा पातलो हुने र पेट दुख्ने जस्ता समस्या हुन सक्छ।

च्यवनप्राशका फाइदा

च्यवनप्राशले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

धुलो र मौसम परिवर्तनका कारण हुने खोकी र चिसोमा यो लाभदायक हुन्छ ।

शरीरमा जोश, जाँगर बढाउन पनि मद्दत पुर्‍याउँछ ।

च्यवनप्राशले पोषकतत्वको कमी र गलत पाचन प्रणालीका कारण हुने कुपोषण विरुद्ध लड्न पनि सहयोग पुर्‍याउँछ ।

च्यवनप्राशले रुघाखोकी, ज्वरो, रुघाखोकी जस्ता समस्याबाट मुक्ति पाउन मद्दत गर्छ । च्यवनप्राशमा पाइने महले रुघाखोकी र खोकीलाई पूर्णतया हटाउँछ ।

च्यवनप्राशमा पाइने अमला र अन्य जडिबुटीमा भिटामिन सी जस्ता पोषक तत्व पाइन्छ जसले चिसोको लक्षणलाई हटाउन मद्दत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?