मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्मफेयर अवार्ड : ‘एनिमल’ को दबदबा,उत्कृष्ट अभिनेतामा शाहरुखलाई दुई वटा मनोनयन

काठमाडौँ – भारतको ६९ औँ फिल्मफेयर अवार्ड– २०२४ मा ‘एनीमल’ सर्वाधिक विधामा मनोनयनमा परेको छ । रणवीर कपुर स्टारर फिल्म सबैभन्दा बढी १९ विधामा मनोनयन भएको हो ।

निर्देशक करण जोहर, जान्हवी कपुर र वरुण धवनले मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा मनोनयन घोषणा गरेका हुन् ।

व्यक्तिका रूपमा शाहरुख खान उत्कृष्ट अभिनेताको विधामा फिल्म ‘जवान’ र अर्को ‘डंकी’बाट मनोनयनमा परेका छन् । त्यस्तै सर्वश्रेष्ठ फिल्मको विधामा ‘ट्वेल्थ फेल, एनिमल, जवान, ओएमजी २, पठान र रकी और रानीकी प्रेम कहानी मनोनीत छन् । 

सर्वश्रेष्ठ अभिनेत्रीतर्फ आलिया भट्ट (रकी और रानीकी प्रेम कहानी), भूमि पेड्नेकर (थ्यांक्यु फर कमिङ), दीपिका पादुकोण (पठान), कियारा आडवाणी (सत्यप्रेमकी कथा), रानी मुखर्जी (मिसेज चटर्जी अफ नर्वे) र तापसी पन्नु (डंकी) छन् ।

सर्वश्रेष्ठ निर्देशकमा ओएमजी २ बाट अमित राय, एटली (जवान), करण जोहर (रकी और रानीकी प्रेम कहानी), सन्दीप रेड्डी वांगा (एनिमल), सिद्धार्थ आनन्द (पठान) र विधुविनोद चोपडा (ट्वेल्थ फेल) छन् ।

सर्वश्रेष्ठ क्रिटिक फिल्ममा ट्वेल्थ फेल, भीड, फराज, जोरम, सामबहादुर, थ्री अफ अस, ज्वीगाटो छन् । सर्वश्रेष्ठ अभिनेतातर्फ रणवीर कपुर (एनिमल), रणवीर सिंह (रकी और रानीकी प्रेम कहानी), शाहरुख खान (डंकी र जवान), सनी देओल (गदर २), विक्की कौशल (सामबहादुर) छन् ।

बलिउड फिल्मको सबैभन्दा ठूलो अवार्ड मानिने  फिल्मफेयर अवार्ड आगामी जनवरी २८ मा गुजरातको गान्धीनगरमा आयोजना हुँदैछ ।  २७ जनवरीमा प्राविधिक अवार्ड समारोह आयोजना गरिनेछ, जसको होस्ट आयुष्मान खुरानाले गर्नेछन् ।

२८ जनवरीमा हुने मुख्य कार्यक्रम आयुष्मानसँगै करण जोहर र मनिष पलले होस्ट गर्नेछन् भने यस वर्ष रणवीर कपुर, कार्तिक आर्यन, सारा अली खान, वरुण धवन, जान्हवी कपुर र करीना कपुरले समारोहमा प्रस्तुति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?