मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के रुख बिरुवाहरू एक आपसमा सञ्चार गर्न सक्छन् ? वैज्ञानिकहरूले गरे यसको पुष्टि

काठमाडाैँ— रुख बिरुवाहरू पनि एक आपसमा सञ्चार गर्छन् भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्दैन किनकि जापानका वैज्ञानिकहरूको एक समूहले यसको पुष्टि गरेका छन् । 

रुख बिरुवाहरूले आफूमाथि केही खतराको सङ्केत पाएमा उक्त सङ्केत उनीहरूले एक आपसमा शेयर गर्छन् र प्रतिक्रिया पनि जनाउँछन् भन्ने तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका हुन् । 

भनिन्छ वैज्ञानिकहरू रुख बिरुवाहरूले एक आपसमा सञ्चार गर्छन् भन्ने कुरामा पहिले नै विश्वास गर्दथे तर कसरी गर्छन् भन्ने बारेमा भने अहिलेसम्म कुनै तथ्य फेला पारेका थिएनन् । 

तर जापानिज यसको बारेमा पनि केही तथ्य पत्ता लगाएका छन् । 

नेचर कम्युनिकेसन्समा प्रकाशित एक अध्ययनमा साइतामा युनिभर्सिटीका मोलीक्युलर बायोलोजिस्ट युरी अरातानी र ताकुया युमुराले कुनै रुख बिरुवालाई खतरा उत्पन्न हुँदा प्रतिक्रिया जनाउने तथ्य पत्ता लगाएका हुन् । 

शोधकर्ताले अरिडोप्सिस थैलियाना  नामक झार र टमाटरको पातहरूमा कीराहरू लगाई आसपासका झारहरूमा केही पदार्थहहरु लगातार छर्किने गरेका थिए । 

यसका साथै अरिडाप्सिस भारका कोशहरूमा बायोसेन्सर प्रयोग गरिएको थियो जो क्याल्सियम पाउनासाथ हरियो रङ्गमा चम्किन्छ ।

यसबाट शोधकर्ताहरूले के पत्ता लगाए भने जुन बोट बिरुवाहरूमा कुनै नोक्सान पुगेको छैन त्यो बिरुवाहरूको पातहरूमा समेत क्याल्सियमको सङ्केत देखियो । 

शोधकर्ताहरूले वायोसेन्सरको माध्यमबाट यो कुरा पत्ता लगाए की धेरै प्रकारका कोशिकाहरू खतराको सङ्केतमा प्रतिक्रिया गर्छन् । यो अनुसन्धानबाट वैज्ञानिकहरूले हवामा उत्पन्न भएको चेतावनी सङ्केतमा प्रतिक्रिया गर्छन् भन्ने कुरा पत्ता लगाएका छन् ।

तर बोटबिरुवाहरू यस्तो चेतावनी पाएर केवल सुरक्षाको लागि मात्र आफ्ना केही काम बन्द गर्ने गर्दछन् । केही बोट बिरुवाहरू त आफ्नो रङ र आकार समेत बदल्ने गर्दछन् । 

यस्तै कुनै कुनै बोटबिरुवाहरू त यस्तो पदार्थ उत्पादन गर्दछन् जसले आफू माथि हमला गर्ने किराहरूलाई खाने जनावरहरूलाई आकर्षित गर्ने गर्दछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?