काठमाडाैँ— रुख बिरुवाहरू पनि एक आपसमा सञ्चार गर्छन् भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्दैन किनकि जापानका वैज्ञानिकहरूको एक समूहले यसको पुष्टि गरेका छन् ।
रुख बिरुवाहरूले आफूमाथि केही खतराको सङ्केत पाएमा उक्त सङ्केत उनीहरूले एक आपसमा शेयर गर्छन् र प्रतिक्रिया पनि जनाउँछन् भन्ने तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका हुन् ।
भनिन्छ वैज्ञानिकहरू रुख बिरुवाहरूले एक आपसमा सञ्चार गर्छन् भन्ने कुरामा पहिले नै विश्वास गर्दथे तर कसरी गर्छन् भन्ने बारेमा भने अहिलेसम्म कुनै तथ्य फेला पारेका थिएनन् ।
तर जापानिज यसको बारेमा पनि केही तथ्य पत्ता लगाएका छन् ।
नेचर कम्युनिकेसन्समा प्रकाशित एक अध्ययनमा साइतामा युनिभर्सिटीका मोलीक्युलर बायोलोजिस्ट युरी अरातानी र ताकुया युमुराले कुनै रुख बिरुवालाई खतरा उत्पन्न हुँदा प्रतिक्रिया जनाउने तथ्य पत्ता लगाएका हुन् ।
शोधकर्ताले अरिडोप्सिस थैलियाना नामक झार र टमाटरको पातहरूमा कीराहरू लगाई आसपासका झारहरूमा केही पदार्थहहरु लगातार छर्किने गरेका थिए ।
यसका साथै अरिडाप्सिस भारका कोशहरूमा बायोसेन्सर प्रयोग गरिएको थियो जो क्याल्सियम पाउनासाथ हरियो रङ्गमा चम्किन्छ ।
यसबाट शोधकर्ताहरूले के पत्ता लगाए भने जुन बोट बिरुवाहरूमा कुनै नोक्सान पुगेको छैन त्यो बिरुवाहरूको पातहरूमा समेत क्याल्सियमको सङ्केत देखियो ।
शोधकर्ताहरूले वायोसेन्सरको माध्यमबाट यो कुरा पत्ता लगाए की धेरै प्रकारका कोशिकाहरू खतराको सङ्केतमा प्रतिक्रिया गर्छन् । यो अनुसन्धानबाट वैज्ञानिकहरूले हवामा उत्पन्न भएको चेतावनी सङ्केतमा प्रतिक्रिया गर्छन् भन्ने कुरा पत्ता लगाएका छन् ।
तर बोटबिरुवाहरू यस्तो चेतावनी पाएर केवल सुरक्षाको लागि मात्र आफ्ना केही काम बन्द गर्ने गर्दछन् । केही बोट बिरुवाहरू त आफ्नो रङ र आकार समेत बदल्ने गर्दछन् ।
यस्तै कुनै कुनै बोटबिरुवाहरू त यस्तो पदार्थ उत्पादन गर्दछन् जसले आफू माथि हमला गर्ने किराहरूलाई खाने जनावरहरूलाई आकर्षित गर्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया