मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीमानको मृत्यु पछि किन शौचालयमै वास बस्न बाध्य भइन यी महिला ?

काठमाडौँ—आफ्ना श्रीमानको मृत्यु भएपछि  भारतको मथुरामा एक महिलाले शौचालयलाई नै घर बनाएकी छिन् ।

शोभा नाम गरेकी ती महिलाले आफ्नो पतिले जीवित हुँदा जुन शौचालयको रेखदेख गर्ने गर्दथे सोही शौचालयलाई उनले आफ्नो घर बनाएकी हुन् ।  

शोभाका अनुसार उनका पति र उनी मिलेर मथुराकै धौलिप्याउ क्षेत्रमा रहेको शौचालयमा केयर टेकरका रूपमा काम गर्ने गर्दथे ।

जुन काम गरेबापत उनलाई जम्मा ९ हजार रुपैयाँ मात्र पारिश्रमिक दिइन्थ्यो । तर केही समय देखी उनीहरूको पारिश्रमिक समेत दिइएको थिएन ।

शोभाले भारतीय मिडियालाई बताएअनुसार उनका पति कुनै दिर्घरोगबाट पीडित थिए । जसको उपचारको लागी उनीहरूसँग पर्याप्त पैसा पनि थिएन र उनका पतिले मृत्युवरण गर्नुपर्‍यो । 

यही कारण बेसहारा बनेकी उनले पैसा अभावले १३ महिनासम्म पनि भाडा तिर्न सकिनन् । 

घर बेटीले केही महिना अगाडी रुम खाली गर्न लगाएपछि कहीँ बस्ने ठाउँ नपाएकी शोभाले आफू र उनका पतिले काम गर्दै गरेको शौचालयलाई आश्रय स्थल बनाएकी हुन । 

उनले आफ्नो पतिको बक्यौता पारिश्रमिक तथा त्यही शौचालयमा केयर टेकरकै काम र बस्नको लागि आवासको उचित व्यवस्था गरिदिन समेत माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?