काठमाडौँ—आफ्ना श्रीमानको मृत्यु भएपछि भारतको मथुरामा एक महिलाले शौचालयलाई नै घर बनाएकी छिन् ।
शोभा नाम गरेकी ती महिलाले आफ्नो पतिले जीवित हुँदा जुन शौचालयको रेखदेख गर्ने गर्दथे सोही शौचालयलाई उनले आफ्नो घर बनाएकी हुन् ।
शोभाका अनुसार उनका पति र उनी मिलेर मथुराकै धौलिप्याउ क्षेत्रमा रहेको शौचालयमा केयर टेकरका रूपमा काम गर्ने गर्दथे ।
जुन काम गरेबापत उनलाई जम्मा ९ हजार रुपैयाँ मात्र पारिश्रमिक दिइन्थ्यो । तर केही समय देखी उनीहरूको पारिश्रमिक समेत दिइएको थिएन ।
शोभाले भारतीय मिडियालाई बताएअनुसार उनका पति कुनै दिर्घरोगबाट पीडित थिए । जसको उपचारको लागी उनीहरूसँग पर्याप्त पैसा पनि थिएन र उनका पतिले मृत्युवरण गर्नुपर्यो ।
यही कारण बेसहारा बनेकी उनले पैसा अभावले १३ महिनासम्म पनि भाडा तिर्न सकिनन् ।
घर बेटीले केही महिना अगाडी रुम खाली गर्न लगाएपछि कहीँ बस्ने ठाउँ नपाएकी शोभाले आफू र उनका पतिले काम गर्दै गरेको शौचालयलाई आश्रय स्थल बनाएकी हुन ।
उनले आफ्नो पतिको बक्यौता पारिश्रमिक तथा त्यही शौचालयमा केयर टेकरकै काम र बस्नको लागि आवासको उचित व्यवस्था गरिदिन समेत माग गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया