मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओपन एआईका सीईओ नै चलाँउदैनन् ‘च्याटजीपीटी’ !

काठमाडाैँ – च्याट जीपीटीको माउ कम्पनी ओपन एआईका सिईओ साम अल्टम्यान आफैले च्याट जीपीटी धेरै नचलाउने खुलासा गरेका छन् । 

माइक्रोसफ्ट सह–संस्थापक बिल गेट्ससँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

हालै उनीहरुले विभिन्न विषयमा लामो छलफल गरेका थिए । नयाँ प्रविधिको सामाजिक प्रभाव र वर्तमान अवस्था तथा भविष्य बारे भएको कुराकानीमा गेट्सले अल्टम्यानलाई उनको फोनमा सबैभन्दा बढी प्रयोग हुने एपका बारेमा सोधेका थिए । 

त्यसको अप्रत्याशित जवाफ दिँदै उनले आफूले सबैभन्दा बढी चलाउने एप ‘ स्ल्याक’ रहेको बताए । ‘म जीपीटी पनि भन्न सक्छु’,अल्टमानले भने – ‘तर मैले बढी प्रयोग गर्ने एप ‘स्ल्याक’ हो’

च्याट जीपीटी संसारमा प्रयोग हुने सबैभन्दा लोकप्रिय एआई उपकरणहरू मध्ये एक बन्दा समेत आफूले धेरै प्रयोग गर्ने एप्स यो नरहेको उनकाे भनाईले ‘स्ल्याक’ के हो भन्न चासो समेत बढेको छ ।

स्ल्याक एउटा म्यासेजिङ टूल हो । कार्यालयका सदस्यहरूसँग समन्वयमा रहेर काम गर्न एकदमै उपयुक्त र प्रभावकारी छ । कार्यालय प्रयोजनका हिसाबले भाइबर , फेसबुक म्यासेञ्जर, व्हाट्सएप भन्दा स्ल्याक प्रयोग गर्न पनि निकै सहज हुन्छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?