मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उत्तर कोरियाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण

काठमाडौँ – उत्तर कोरियाले हाइपरसोनिक युद्धाभ्यासयुक्त नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको छ ।

यद्यपी  परीक्षण गरिएको सानो दूरीको हाइपरसोनिक क्षेप्यास्त्र छिमेकी देशहरूलाई चेतावनी दिन भने नभएको उत्तर कोरियाले जनाएको छ ।

यो परीक्षण उत्तर कोरियाका विदेशमन्त्री चो सोन हुई रुस भ्रमणमा निस्केका बेला भएको छ । सरकारी समाचार संस्था केएनसीएले यो परीक्षणसँगै दुवै कोरियाको तनाव बढ्दै गएको जनाएको छ ।

प्योङयाङको यस वर्षको पहिलो ज्ञात हतियार परीक्षण र ठोस इन्धन हाइपरसोनिक मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र को पहिलो परीक्षण सोलको सेनाले आइतबार दिउँसो पत्ता लगाएको थियो ।

केसीएनएले यो प्रक्षेपणबाट कुनै पनि छिमेकी मुलुकको सुरक्षामाथि कुनै असर नगरेको र यसको क्षेत्रीय अवस्थासँग कुनै सरोकार नभएकोसमेत बताएको छ ।

जापानको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र अधिकतम उचाइ कम्तीमा ५० किलोमिटर लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?