मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौंको ठमेल अबदेखि चौबीसै घण्टा खुल्ने, सुरक्षा दिन प्रहरी तयार

काठमाडौं – पर्यटकीय नगरीका रुपमा चर्चित काठमाडौंको ठमेल अबदेखि चौबीसै घण्टा खुल्ने भएको छ। रात्रिकालीन समयमा पनि व्यवसाय सञ्चालनको लागि मापदण्ड बनाएर बजार खोल्न दिने तयारी भएको हो।

ठमेल पर्यटन विकास परिषद्ले नै ‘व्यवस्थित ठमेल, सुरक्षित ठमेलको अवधारण अनुरुम घरधनी, व्यवसायी तथा पर्यटकको शान्तिसुरक्षा व्यवस्थापन आचारसंहिता २०८०’को मस्यौदा बनाई जिल्ला सुरक्षा समितिमा बुझाएको छ।

ठमेल खुल्ला गरिँदा खासगरी दोहोरी साँझ, गजल बार, लाउञ्ज बार, डान्स रेष्टुराँ, डिस्को पप बार, लाइभ ब्यान्ड, रेष्टुराँ र व्यवसाय मध्यरातिसम्म सञ्चालन हुनेछन्।

अहिले ठमेलभित्रका होटल, रेष्टुराँ, ट्रेकिङ, ट्राभल, गार्मेन्ट, क्यूरियोसप, हस्तकला सामग्री पसल, मनि चेञ्जर, स्पा, फास्टफुड, कफी तथा बेकरी सप, मार्ट, ग्रोसरी सप, फलफूल तथा तरकारी, ट्रेकिङ गियर सफ, पुस्तक पसल, आर्ट ग्यालेरी, सुवेनियर सप राति ९–१० बजे नै बन्द हुने गरेको छ।

विशेषतः ठमेलका रेष्टुरेन्ट १२ बजे, डान्सबार, दोहोरी २ बजे र क्लब बिहान ४ बजेसम्म चल्दै आएका छन्। तर अब भने यी सबै व्यवसाय जतिबेला पनि चलाउन सकिने प्रस्ताव मस्यौदामा गरिएको छ।

‘रात्रिकालीन व्यवसाय मात्र होइन ठमेलमा रहेका सबै पसल २४ सै घण्टा सञ्चालन गर्ने तयारी परिषद्का अध्यक्ष भवीश्वर शर्माले बताए । उनका अनुसार मस्यौदामा करिब सहमति भए पनि केही हेरफेर हुनसक्नेछ।

ठमेललाई नमूना पर्यटकीय नगरी बनाउने योजनाअनुसार बजार खोल्न लागिएको उनको भनाइ छ। आचारसंहिता बनाउँदाखेरि नै नगर, पर्यटकीय, ट्राफिक र नेपाल प्रहरीलाई समेत सहभागी गराइएको पनि उनले बताए।

अध्यक्ष शर्माका अनुसार ठमेल खुल्दा व्यवसायी, नेपाल प्रहरी, काठमाडौं महानगर, जनप्रतिनिधि, स्थानीय घरधनी रहने गरी अनुगमन समिति बनाएर अनुगमनको व्यवस्था मिलाइने छ।

परिषद्ले झण्डै ९० दिन लगाएर मस्यौदा तयार गरेको बताएको छ। व्यवसायीका अनुसार काठमाडौं जिल्ला सुरक्षा समितिले सुरुमा १ महिना परीक्षणकालको रुपमा खोल्न दिने बताएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष जितेन्द्र बस्नेतले व्यवसायीहरुबाट चौबीसै घण्टा चलाउन दिने गरी आएको प्रस्तावमा छलफल भइरहेको बताए।

उनले व्यवसायी, स्थानीयहरुसँग छलफल गरिरहेकाले सबै विषयमा विश्लेषण गरेर मात्रै निर्णय गर्ने बताए। यता काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजु पाण्डेले पनि ठमेलको ट्राफिक व्यवस्थापनबारे २–३ पटक छलफल भएको जानकारी दिए। चौबीसै घण्टा सञ्चालन गर्ने विषयमा सबै तहमा छलफल आवश्यक रहेको उनको भनाइ छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जिल्ला सुरक्षा समितिले चौबीसै घण्टा ठमेल खुल्ला राख्ने निर्णय गरे प्रहरी सुरक्षाको लागि तयार रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?