काठमाडौं । राजु पौडेल ‘राजु मास्टर’ लिखित एवं निर्देशित सिरियल ‘सकस’का हालसम्म ९ एपिसोड मात्र युट्युबमा सार्वजनिक भएका छन् । यद्यपि, यो सिरियलले प्रसारणको छोटो समयमै दर्शकको माया पाइरहेको छ ।
सिरियलका प्रायः एपिसोड युट्युबमा ट्रेन्डिङमा समेत पर्न थालेका छन् । पछिल्लो एपिसोड यतिबेला युट्युबमा ट्रेन्डिङको पहिलो नम्बरमा छ । यसअघि शीर्षस्थानमा रहेको प्रकाश सपूतको गीत ‘मुटु कटक्कै’लाई पछि पार्दै सिरियल पहिलो नम्बरमा परेको हो ।
सामाजिक कथावस्तुमा निर्माण हुने सिरियलमा राजु पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, तारा के.सी, दिपक शर्मा, कमला रेग्मी, विनोद श्रेष्ठ, अनिता बस्नेत, प्रमिला खनाल, मुकेश हमाल, अमृता श्रेष्ठ, अशोक शिवाकोटी, सबिना आचार्यलगायतको अभिनय रहने गरेको छ । हिमालय टेलिभिजनमा प्रशारणमा आउने सिरियल ‘मास्टर टिभी’ युट्युबमा मार्फत सार्वजनिक हुने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया