मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यानडाको स्टार्टअपले विश्वकै रफ्तारमा कुद्ने रेल बनाउने

काठमाडौं । क्यानडाको ट्रान्सपड नामक एउटा स्टार्टअपले विश्वकै तीव्र गतिको रेल बनाउने योजना घोषणा गरेको छ । द सनको खबरअनुसार उक्त रेल ६२१ माइल प्रतिघण्टा अर्थात १ हजार किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्नेछ ।

यो महत्वाकांक्षी योजनाले सन् २०३५ भन्दा अगावै क्यानडाको दुई प्रमुख शहरलाई हाइस्पिड फ्लोटिङ ट्रेन सिस्टमसँग जोड्नेछ । ट्रान्सपड कम्पनीले कयौं वर्षदेखि क्यालगरी र एडमोन्टन शहरबिच फ्लक्सजेट नामक ३०० किलोमिटर लामो यात्रु तथा मालबाहक रेलमार्गमा काम गरिरहेको छ ।

ट्रान्सपडले फ्लक्सजेटलाई विमान र रेलको हाइब्रिड मोडलका रुपमा विकास गरेको बताएको छ । इलेक्ट्रिक ह्वील हुने उक्त रेलमा ५४ जना यात्रु र १० टन कार्गो बोक्न सक्ने क्षमता हुनेछ । यो एउटा हाइपरलुप नेटवर्कजस्तै हुनेछ । भ्याकुम–सिल्डको प्रविधिको माध्यमबाट उच्च गतिको रेल सञ्चालनको तयारी ट्रान्सपडले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?