मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बूढानीलकण्ठको नारायणथानमा २ करोडको लागतमा फिटजोन सञ्चालन

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले २ करोडको लागतमा नारायणथानमा फिटजोन फिट्नेस एन्ड जिम सञ्चालनमा ल्याएको छ। महानायक राजेश हमालले फिटजोनको आज सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे।

विनोद वज्राचार्य र सुधा बानियाँको संयुक्त लगानीमा फिटजोन सञ्चालन गरिएको हो। फिटजोन सञ्चालन गर्न करिब २ करोड खर्च भएको वज्राचार्यले जनाएका छन्।

विनोद र सुधानै फिटजोनका प्रशिक्षक पनि हुन्। फिटजोनमा जिम, कार्डियो, साउना, स्टिम, जुम्बा एरोबिक्स, किक बक्सिङ, योगालगायतका सुविधा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?