मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अयोध्यामा राम मन्दिरको उद्घाटनसँगै एक वृद्धा मौन व्रत तोड्ने तयारीमा

काठमाडौं । भारतमा एक जना वृद्धाले ३० वर्षदेखिको मौन व्रत अन्त्य गर्न लागेकी छिन् । मौनी माता भनेर चिनिने ८५ वर्षकी सरस्वती देवीले सन् १९९२ यताको मौन व्रत तोड्ने भएकी छिन् । व्रत सुरु भएदेखि दिनमा जम्मा एक घण्टामा मात्रै उनको आवाज सुन्न पाइन्थ्यो ।

सन् १९८६ मा आफ्नो श्रीमानको मृत्युपछि अधिकांश समय सरस्वतीले तीर्थाटनमा बिताएकी छिन् । सन् १९९२ मा अयोध्यामा आइपुगेकी थिइन् । सोही वर्ष डिसेम्बर ६ मा अयोध्यामा बाबरी मस्जिद भत्काइयो । रामको नयाँ मन्दिर नबन्दासम्म बोल्दिन भन्दै उनले सोही दिनमा मौन व्रत सुरु गरिन् ।

अयोध्यामा जनवरी २२ मा राम मन्दिरको उद्घाटनसँगै उनको वाचा पूरा हुँदै छ । सन् २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर बनाउने घोषणा गरेयता उनले त्यो एक घण्टा पनि बोल्न छाडिन् । यो दिन ३ वर्षयता पहिलो पटक उनको मुखबाट आवाज निस्कनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?