मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टुँडिखेलमा भिडभाडमा च्यापिएर घाइते हुनेको संख्या १६ पुग्यो ( अपडेट )

काठमाडौं । माघी मेलाको भिडभाडमा च्यापिएर घाइते हुनेको संख्या १६ पुगेको छ। सोमबार काठमाडौं-१२ टुँडिखेल मैदानमा थारू र मगर जातिहरूको माघी मेलामा भिडभाडमा मानिसहरू च्यापिएका हुन्।

अपराह्न ४ बजे भिडभाड हुँदा घाइते भएका सबैलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।

भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरू धेरै हुँदा टुँडिखेलको गेटमा भीडभाड बढेको थियो। प्रहरीले यसक्रममा लाठी चार्ज गरी भीड नियन्त्रणमा लिएको थियो। भीडमा परेर एक जना प्रहरी जवान पनि घाइते भएको परिसर प्रवक्ता ढुंगेलले बताए।

घाइतेको विवरण

१. जिल्ला खोटाङ हलेशी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर (टाउकोमा चोट बोल्न सक्ने) 

२. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ (निधारमा चोट बोल्न सक्ने) 

३. जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने)।

४. जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर (अनुहारमा चोट बोल्न सक्ने)।

५. जिल्ला बर्दिया राधापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी (पेटमा चोट बोल्न सक्ने)।

६. जिल्ला प्युठान खलङगा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी. (दाहिने हातमा चोट बोल्न सक्ने)।

७. जिल्ला कैलाली भजनिया नगपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी (टाउकोमा चोट बोल्न सक्ने)।

८. जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत (बाया खुट्टा र कानमा चोट बोल्न सक्ने)।

९. जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ४० की मिना थापा (वेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने)।

१०. जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौं जिल्ला सितापाईला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने)।

११. जिल्ला रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर (बाया खुट्टामा चोट बोल्न सक्ने)। 

१२. जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं. १४ घर भई हाल का.जि. लैनचौर बस्ने बर्ष २५ की निशा राना थापा दुबै खुट्टामा सामन्य चोट बोल्न सक्ने।

१३. जिल्ला संखुवाशभा म्यादी नगरपालिका ०४ घर भई का.जि. मनमैजु बस्ने बर्ष २२ की निर्मला श्रेष्ठ निधार,बाँया कुम र दुबै खुट्टामा चोट बोल्न सक्ने।

१४. जिल्ला ललितपुर ललितपुर महा-नगरपालिका वडा नं. २२ पाटन बस्ने बर्ष २७ की रश्मी नेपाल बाँया गालामा चोट अबस्था बोल्न सक्ने।

१५. जिल्ला दोलखा आरुघाट गाउपालिका वडा नं. ८ घर भई हाल का.जि. चौमती बस्ने बर्ष ११ की युनिका बराल सामान्य।

१६. जिल्ला उदयपुर रौतामाई गाउपालिका ०८ घर भई हाल का.जि. मनमैजु बस्ने बर्ष १४ की करिश्मा मगर अनुहार र ढाडमा चोट बोल्न सक्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?