मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टुँडिखेलमा भागदौड हुँदा आठ जना घाइते

काठमाडौं । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा आठ जना घाइते भएका छन । टुँडिखेलमा माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।

प्रहरीका अनुसार घाइतेहरुलाई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका लागी लगिएको छ । महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिने क्रममा एक अर्काबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

आज माघ १ गते माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टा–छुट्टै ठूलो सङख्यामा थारु र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?