मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान खाली पेटमा मरिच खानुका फाइदा यस्ता छन्

काठमाडौं – हामीले मसलाका रूपमा तरकारी, अचार, सेलरोटी अनि चिया र अन्य धेरै थरीका परिकारहरूमा समेत नियमित प्रयोग गर्दै आएको मरिच औषधीय गुणले भरिपूर्ण हुन्छ। हजारौँ वर्ष अघिदेखि मरिच परम्परागत आयुर्वेदिक औषधीको एउटा महत्वपूर्ण हिस्सा रहँदै आएको छ । आयुर्वेदले मात्र होइन, यसको औषधीय गुण र यसबाट स्वास्थ्यलाई हुने लाभलाई आधुनिक विज्ञानले समेत पुष्टि गरिसकेको छ।

मरिच एक सुगन्धित, उत्तेजक र स्फूर्तिदायक पदार्थ हो जसमा ५ देखि ९ प्रतिशत सम्म पिपेरीन, पिपेरिडीन र चैविसीन नामक ऐल्केलायडहरू पाइन्छन्।त्यस्तै एक गेडा मारिचमा सुगन्धित तेलको मात्रा १ देखि २।६ प्रतिशत सम्म, हरिया रङ्गका सुगंधित गंधाशेष र ३० प्रतिशतसम्म स्टार्च लगायतका पाइन्छ।

अस्वस्थ आहारविहार, मद्यपान र धुम्रपानका कारण शरीरमा फ्री रेडिकलहरूको मात्रा बढिरहेको हुन्छ । शरीरमा यस्ता रेडिकलहरूको मात्रा बढ्दै गएपछि यसले कोशिकाहरूलाई क्षति पुर्‍याउने, छिट्टै बुढो देखिने र हृदय रोग, क्यान्सर, गठिया, दम र मधुमेह जस्ता जटिल स्वास्थ्य समस्याहरूको खतरा बढ्दै जान्छ।आधुनिक विज्ञानले यस्ता फ्रि रेडिकलहरूलाई नियन्त्रण गर्न मरिचमा पाइने पिपेरिडिन अत्यन्तै उपयोगी रहेको कुरा पुष्टि गरेको छ।

मरिच खाँदा उच्च रक्तचापलाई तुरुन्तै नियन्त्रण गर्न सकिन्छ । मरिचमा धेरै पोषक तत्वहरू पाइन्छ जुन हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ। मरिचमा केहि तत्वहरू पाइन्छ जसले एन्टिअक्सिडेन्टको रूपमा काम गर्दछ। यसको मतलब तिनीहरूले शरीरका कोशिकाहरूलाई जोगाउँछन्। साथै, रगतको नसा फैलाउन मद्दत गर्दछ, जसले रक्तचाप र उच्च रक्तचाप नियन्त्रणमा राख्छ।

उच्च रक्तचाप एक सामान्य समस्या हो, जुन प्रायः जीवनशैली र गलत खानपानका कारण हुने गर्छ, यस्तो अवस्थामा मरिच रक्तचाप नियन्त्रण गर्न सुरक्षित र प्राकृतिक उपाय हुन सक्छ।

मरिच ‘पाइपेरिन’ नामक रसायन हुन्छ, जसले धमनीलाई आराम दिन्छ र रक्तसञ्चारलाई राम्रोसँग राख्न मद्दत गर्छ। यसमा पाइने पोटासियमले रक्तचाप कम गर्नुका साथै सोडियमको सन्तुलन पनि कायम राख्छ ।

बिहान खाली पेटमा उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा १ देखि २ वटा मरिच मिसाएर पिउनुहोस् । पानीको तापक्रम सहन नसक्ने भएमा मनतातो पानी पनि प्रयोग गर्न सकिन्छ । हरेक बिहान खाली पेटमा मरिच र तातो पानी पिउनाले रक्तचाप नियन्त्रणमा रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?