मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साैरभ गांगुलीको बायोपिक फिल्ममा आयुष्मान खुराना

मुम्बई– बलिउड अभिनेता आयुष्मान खुरानाले भारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिक फिल्ममा अभिनय गर्ने भएका छन् ।

भारतीय मिडियाका अनुसार यतिबेला बलिउडमा क्रिकेटर गांगुलीको बायोपिक निर्माणबारे चर्चा भइरहेको छ । फिल्मको निर्देशन रजनीकान्तकी छोरी ऐश्वर्याले गर्ने जनाइएको छ ।

फिल्ममा सौरभ गांगुलीको भूमिकामा आयुष्मान अनुबन्ध भइसके पनि अन्य कलाकार को रहने भन्नेबारेमा खुलाइएको छैन । यसअघि उक्त भूमिकामा कार्तिक आर्यनले अभिनय गर्ने चर्चा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?