मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र ‘म्याउँ’ घोषणा,चीनमा पनि रिलिज हुने

काठमाडौँ – अभिनेताद्वय अनुपविक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘म्याउँ’ घोषणा भएको छ ।

माघे सङ्क्रान्तिकाे अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ ।यद्यपि प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो लागेको छैन । 

अनुपको लागि महत्त्वाकांक्षी तथा उत्तमको कमब्याक रहने यो चलचित्रलाई लेखन, निर्देशन तथा निर्माण जयराज रायको रहनेछ ।

जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस चलचित्रमा दक्षिण भारतीय चलचित्र संगीतका प्रख्यात एजे अली मिर्जाक नौसाद अलीले संगीत दिने यस चलचित्रमा दक्षिण भारतीय चलचित्रका पार्श्व गायक(गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन् ।

मानसिक रूपमा विक्षिप्त अवस्थाको ‘साइको किलर’, जसको आफ्नै समस्याग्रस्त अतीत छ । उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा यो चलचित्र बन्न लागेको रायले जनाए ।

उनले यस चलचित्रमा ‘ट्विस्ट एन्ड टर्न’को भरपुर प्रयोग गरी सानदार अनुभव दिलाउन कुनै कसर बाँकी नराख्ने बताए ।

यस चलचित्र चीनमा पनि रिलिज हुनेछ । जसको लागि चिनिया वितरक साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया चलचित्रमा आबद्ध भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?