मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँको इमेल आइडी त लिक भएन ? यसरी थाहा पाउनुहोस्

आजको समयमा तपाईँको डाटा अरूको नियन्त्रणमा पुग्नु आम विषय जस्तै बन्न थालेको । सामाजिक सञ्जाल देखि विभिन्न तरिकाबाट चोरी भएका यस्ता डाटा पछि डार्क वेबमा बेचिन्छ । जसले तपाईँको डाटा गलत प्रयोगको सिकार बन्न सक्छ । 

तपाई स्मार्ट फोन चलाउनुहुन्छ भने अवश्य पनि इमेल आइडी पनि होला । यही इमेल आइडी लिक हुनु पनि आम विषय जस्तै हो । तर यही खतराका बिच तपाईँले आफ्नो इमेल आइडी डाटा लिकमा सामेल छ कि छैन भने आफैले चेक गर्न पनि सक्नुहुन्छ ।

आउनुहोस् यसबारे जानौँ 

कसरी थाहा पाउने ?

यदि तपाइलाई आफ्नो इमेल आइडी डाटा लिकमा समावेश छ कि छैन भन्ने चिन्ता छ भने सुरुमा यो haveibeenpwned.com वेबसाइटमा जानुहोस्  । अब तपाईँले एउटा पेज देख्नुहुनेछ । त्यसमा have i been pwned?लेखिएको हुन्छ । 

अब त्यसको तल हुने सर्चबारमा आफ्नो इमेल आइडी हाल्नुहोस् र  pwned मा क्लिक गर्नुहोस् । केही सेकेन्डमै तपाईँको अघि यो आइडी लिक भएको छ कि छैन भन्ने देखिन्छ । यदि लिक भएको छ भने पुरै स्क्रिन रातो हुन्छ भने नभए  “Good news – no pwnage found!” लेखेको देख्नुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?