मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गभर्नर अधिकारीकाे नामकै ह्वाटसएप आइडी बनाएर दुरुपयोग 

काठमाडौँ– राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको नक्कली ह्वाटसएप आइडी बनाएर दुरुपयोग भएको पाईएको छ।

गभर्नर अधिकारीको नाम र फोटो दुरुपयोग भएको भन्दै बैङ्कले नै एक सूचना जारी गर्दै यस सम्बन्धी जानकारी गराएको हो । 

बैङ्कका अनुसार उक्त नक्कली अकाउन्ट ९८१४४८६४४९ नम्बरबाट चलेको छ । त्यस नम्बरबाट खोलिएको अकाउन्टबाट विभिन्न व्यक्तिसँग संवाद भइरहेकाले सजग रहन बैङ्कले अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ, यस बैङ्कका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाटसएप बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणमा अनुरोध छ ।

गभर्नर अधिकारीको नाम र फोटो कसले दुरुपयोग गर्‍यो भन्ने विषयमा थप अनुसन्धान अघि बढेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?