मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘टुवेल्थ फेल’ ‘फेम्ड’ मेधाको रणवीरसँग काम गर्ने सपना,खुलाइन आफ्नो विगत

काठमाडौँ – ‘टुवेल्थ फेल’ ‘फेम्ड’ अभिनेत्री मेधा शंकरले आफूले रणवीर कपुरसँग काम गर्न चाहेको बताएकी छिन् । बलिउड हंगामासँगको कुराकानीमा  उनले यस्तो बताएकी हुन् ।

कुराकानीका क्रममा उनलाई कुन बलिउड अभिनेतासँग काम गर्न मन छ भनेर सोधिएको थियो । जसको उत्तरमा मेधाले तुरुन्तै रणवीर कपूरको नाम लिएकी थिइन्।

यसबाहेक अभिनयमा करियर बनाउन कसरी आफ्नो बुवालाई मनाउनुपर्‍यो भन्ने पनि अभिनेत्रीले खुलाइन् ।

मध्यम वर्गीय परिवारबाट आएकी उनको अभिनेत्री बन्ने सोचले बुबालाई ठुलो धक्का लागेको बताइन ।  ‘जब मैले यसबारे बुबासँग पहिलो पटक कुरा गरेँ, उहाँले मलाई सोध्नुभयो – के तिम्रो दिमाग हरायो ?’

मेधाले भनिन –  ‘अभिनय पढाइमा राम्रो गर्न नसक्ने मानिसहरूको लागि हो भन्ने बुबालाई लाग्थ्यो ।‘  

पढाइमा स्नातकोत्तर गरेकी मेधाले पनि त्यही बाटो रोज्ने बताएपछि उनका बुबा झस्किएका थिए । तर अभिनय सिक्न २ वर्ष समय दिन बुबालाई मनाउन उनी सफल भइन । तर ती दुई वर्षमा केही राम्रो भएन ।

यता मेधाका बुवाले उनलाई अर्कै काम गर्न आग्रह गरिरहेका थिए । मेधाले फेरि बुवासँग दुई वर्षको समय मागिन् । यस पटक भने उनले मुम्बई आएर आफ्नो सपना पूरा गर्ने विश्वास लिएकी थिइन् ।

अहिले उनले अभिनय गरेको ‘टुवेल्थ फेल’ चर्चाको शिखरमा छ । ओटीटीमा फिल्म रिलिज भएपछि मेधा शंकर सामाजिक सञ्जालमा रातारात लोकप्रिय भएकी छिन भने उनलाई राष्ट्रिय क्रसको रूपमा हेरिएको छ ।

अझ रोचक त यो फिल्म अहिलेसम्मको सबैभन्दा उच्च मूल्याङ्कन भएको भारतीय फिल्म बनेको छ। यसले शाहरुख खानको ‘डंकी’,‘ओएमजी–२’, ‘जवान’, ‘पठान’ र उनले नै काम गर्न चाहेका रणवीर कपूरको ‘एनिमललाई पनि पछाडि छोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?