मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म‘उपहार’को फर्स्टलुक्स सार्वजनिक

काठमाडौँ – माघे सङ्क्रान्तिको अवसर पारेर फिल्म ‘उपहार’को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले एकसाथ ४ पोस्टर फर्स्टलुक्सको रूपमा ल्याएको हो । 

पोस्टर सार्वजनिक गर्दै रेखा थापाले माघीको “उपहार”  भन्दै अब त हामी खाडी मै भेटौला लेखेकी छिन् ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुसाल लगायतले प्राथमिकता पाएका छन् ।

एक पोष्टरमा मुकुन भुसाललाई ह्वीलचेयरमा देखाइएको छ भने वेनिशा हमालको लुक्स वकिलको जस्तो देखिन्छ । लहरै हास्य कलाकारलाई देखाँईदा पृष्ठभूमिमा खाँडीको कुनै देशको दृश्य देखाइएको छ ।

त्यस्तै  अर्को पोस्टरमा चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको छ । जसमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ । 

ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा रेखा थापा प्रस्तुतकर्ता हुन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् ।

फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । फिल्म आगामी फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?