मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लक्जरी कारका सोखिन इमरानले किने रोल्स रोयस,यस्तो छ उनको कार कलेक्सन

काठमाडौँ – इगर ३ को सफलतापछि इमरान हासमीले भारतको सबैभन्दा महँगो रोल्स रोयस कार खरिद गरेका छन्  ।

लग्जरी कारका सोखिन इमरानले जनवरी ११ मा रोल्स रोयस घोस्ट ब्ल्याक बेज किनेका हुन । 

कार पाएपछि इमरान मुम्बईमा आफ्नो नयाँ कारमा देखिएका थिए । यसको हालको मूल्य १२ करोड २५ लाख भारतीय रुपैयाँ छ।

 ४४ वर्षीय  उनको कार सङ्ग्रहमा लगभग सबै लक्जरी कारहरू छन्। उनको कलेक्सनमा २ करोड ३० लाख रुपैयाँको मर्सिडिज मेब्याक एस ५६० छ । 

त्यस्तै ३ करोड ७९ लाखको ल्याम्बोर्गिनी हुराकान, १ करोड ५८ लाखको अडी ए८, २ करोड ४१ लाखको रेन्ज रोभर भोग र २ करोड ८० लाखको ल्याम्बोर्गिनी ग्यालार्डो पनि उनको सङ्ग्रहमा रहेका छन् ।

इमरान हाश्मी गत वर्ष दुई फिल्म सेल्फी र टाइगर ३ मा देखिएका छन् । अहिले उनको खातामा तमिल फिल्म ओजी छ । जसको छायांकन चलिरहेको छ ।

त्यस्तै अब उनी छिट्टै फिल्म ‘डन–३’ मा खलनायकको भूमिकामा देखिने खबर बाहिर आएको छ । 

२०२३ मा रिलिज भएको फिल्म टाइगर ३ मा इमरान हाशमीले आईएसआई जनरल आतिश रहमानको शक्तिशाली भूमिका निभाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?