मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कम बजेटको फिल्म ‘हनुमान’ चर्चामा,निर्माताले दिए राम मन्दिर ट्रस्टलाई १४ लाख दान

कम बजेटमा बनेको प्रशान्त वर्माको फिल्म ‘हनुमान’ अहिले चर्चामा छ । फिल्मले दर्शको मत जित्दा निर्माता तथा कलाकार पनि अहिले चर्चामा छन् ।

जहाँ निर्माताले त राम मन्दिर ट्रस्टलाई फिल्मको कमाइबाट दान दिने घोषणा समेत गरेका छन् ।

हुन त यही हप्ता कैटरीना कैफ–विजय सेतुपतिको मेरी क्रिसमस’ पनि प्रदर्शनमा आएको थियो । तर ‘हनुमान’ आफ्नो छुट्टै छाप छोड्न सफल रह्यो ।

जसमा प्रत्येक टिकटको ५ रुपैया ट्रस्टलाई दिने घोषणा समेत एक भएको भारतीय मिडियाहरूले जनाएका छन् । जसअनुसार निर्माताले १४ लाख दान गरिसकेको बताइएको छ । 

यसैबिच प्रशान्त नयाँ फिल्म ‘जय हनुमान’ बनाउने निर्णयमा पुगेको समेत बताइएको छ । अहिलेको फिल्मप्रति दर्शकले दिने प्रतिक्रियाका लागि मात्रै रोकिएको बताएका उनले  तत्काल नयाँ फिल्मको काम सुरु हुने बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?