कम बजेटमा बनेको प्रशान्त वर्माको फिल्म ‘हनुमान’ अहिले चर्चामा छ । फिल्मले दर्शको मत जित्दा निर्माता तथा कलाकार पनि अहिले चर्चामा छन् ।
जहाँ निर्माताले त राम मन्दिर ट्रस्टलाई फिल्मको कमाइबाट दान दिने घोषणा समेत गरेका छन् ।
हुन त यही हप्ता कैटरीना कैफ–विजय सेतुपतिको मेरी क्रिसमस’ पनि प्रदर्शनमा आएको थियो । तर ‘हनुमान’ आफ्नो छुट्टै छाप छोड्न सफल रह्यो ।
जसमा प्रत्येक टिकटको ५ रुपैया ट्रस्टलाई दिने घोषणा समेत एक भएको भारतीय मिडियाहरूले जनाएका छन् । जसअनुसार निर्माताले १४ लाख दान गरिसकेको बताइएको छ ।
यसैबिच प्रशान्त नयाँ फिल्म ‘जय हनुमान’ बनाउने निर्णयमा पुगेको समेत बताइएको छ । अहिलेको फिल्मप्रति दर्शकले दिने प्रतिक्रियाका लागि मात्रै रोकिएको बताएका उनले तत्काल नयाँ फिल्मको काम सुरु हुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया