काठमाडौँ–नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको तेस्रो सिजन प्रसारणमा अन्तिम चरणमा पुगेको छ ।
आयोजकले १३२ जनाको प्रि–जजिङका बाट ७६ जनालाई फिजिकल अडिसन राउन्डमा बाेलाएकाे थियाे । आयोजकका अनुसार हाल उक्त अडिसन राउन्डको छायाङ्कन समेत सकिएको छ भने प्रसारणको तयारीमा प्रोमोसन सुरु गरिएको छ ।
यद्यपि कार्यक्रमको डेट अनाउन्समेन्ट यही साता प्रेस मिटमार्फत सार्वजनिक गरिने निर्माण पक्ष थ्री प्रोडक्सनले बताएको छ ।
तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केही सिनियर नागरिकसम्म, तराई मूलकादेखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्मका नयाँ कमेडियनहरूको प्रस्तुति हेरी मनोरञ्जन लिन सकिनेछ ।
कमेडी च्याम्पियन सिजन– ३ का जजहरू हास्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै चर्चित अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएका छन् भने कार्यक्रम प्रस्तोतामा पनि रीमा विश्वकर्मालाई मेक्सम गौडेलले नै साथ दिनेछन् ।
निर्माण पक्षका अनुसार यस सिजनका विजेताले पनि नगद २५ लाख तथा सोही बराबरको गाडी जित्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया